भारतीय भलिबल टिमकी कप्तान जिनी कोभातले मधेस युनाइटेडबाट खेल्ने
काठमाडौं । मधेस युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतीय टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीलाई अनुबन्धित गरेको छ ।